५ असार २०८३, शुक्रबार

संरचना बनाएर मानव तस्करी गर्ने राज्यलाई कसले जवाफदेही बनाउने ? : सन्तोष परियार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताएका हुन् ।

‘विगत लामो समयदेखि, २० औँ दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले निजी बनाएर गरिरहेको मानव बेचबिखनको कुरा बाहिर आएका छन्,’ उनले भने, ‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो ?आफ्नै नागरिकलाई अनेक कानुन बनाएर, संरचना बनाएर बेचबिखन गर्ने, तस्करी गर्ने राज्यलाई कसले जवाफदेही बनाउने ?’ ।

परियारले राज्यजनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरुको स्वार्थमा सीमित भएको टिप्पणी गरे ।

‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’उनले थपे ।
संसदमा संख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे ।

‘हजुरहरुसँग संसदमा संख्या होला, दम्भ होला,’ परियारले भने, ‘जब शासकहरूको आफ्नै इतिहास लेख्ने इतिहासकारहरू हुने छन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिने छ ।’