३० जेष्ठ २०८३, शनिबार

काममा असहयोग गर्दै दुःख दिइएको भन्दै ‘अलविदा’ लेखेर चिकित्सक सम्पर्कविहीन

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर एकजना चिकित्सक सम्पर्कविहीन भएका छन् ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका हुन् । उनले रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गर्दा असहयोग भएको विभिन्न धम्की साथै सरूवा गर्दै दुःख दिइएको उनले उल्लेख गरेका छन् ।

झुटो आरोप लगाएर रामेछापबाट हेटौँ अस्पतालमा सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको छ।

‘मलाई धेरै दुख दिए, अहिले यो दुखरपीडा सहन अनि सोचन पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘कतैबाट केही साथ सहयोग पाउन सकिनँ।’ उनले थप लेखेका छन्, ‘डा। नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाचे भने न्याय पाउँछु जस्तो लागेन। ’