४ असार २०८३, बिहिबार

राप्रपाले संसद बहिस्कार गरेको दिनको भत्ता नलिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने भएको छ ।

आज संघीय संसद सचिवालयलाई पत्र लेख्दै राप्रपाले बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने जानकारी गराएको हो ।

‘हाम्रो पार्टीले उठाएका मागहरू निश्चित प्रकरणमा संसदमा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले सो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरि सहयोग गरिदिनुहुन अनुरोध छ,’ राप्रपाले पठाएको पत्रमा भनिएको छ ।

भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै राप्रपाले आइतबारको बैठकमा विरोध जनाएको थियो ।