१४ असार २०८३, आइतबार

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, २ असार । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि आजदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।