
काठमाडौं, १ असार । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन् ।
बैठक सुरू हुने बित्तिकै दुई दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् । बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
यसैबीच रास्वपा र राप्रपाको अवरोधकै बाबजुत संसद बैठक अगाडि बढेको हो । सभामुख देवराज घिमिरेले अवरोधकैबीच बैठक सञ्चालन गरेका हुन् । अहिले सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।








प्रतिक्रिया