२१ जेष्ठ २०८३, बिहिबार

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।