
काठमाडौं, १ असार । इरान र इजरायले शनिबार राति पनि एकअर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् । यसअघि इजरायलले शुक्रबार बिहानैदेखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
दुई मुलुकबीच जारी युद्धमा परी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् ।
उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअभिवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।
इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ ।
दुई मुलुकबीचको भिषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।









प्रतिक्रिया