२१ असार २०८३, आइतबार

त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि, नेपालको खेल भोलि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ ।

स्कटल्याण्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्डस् भिड्दै छन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्याण्डस्सँग खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृंखला गुमाउने छन् ।