१५ असार २०८३, सोमबार

अमेरिका–इरानबीच आज हुने भनिएको आणविक वार्ता अन्तिममा रद्द

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ ।

इरान र इजरायलबीच जारी द्वन्द्वका बीच इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबारका लागि तय गरिएको थियो । यसअघि अमेरिका र इरानबीच आणविक वार्ता पटक पटक भएको थियो, जसलाई दुवै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए । तर, वार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरान माथि हमला गरेर त्यसका प्रमुख सैन्य कमाण्डरसहित आणविक वैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपूर्व थप अशान्त बन्न पुगेको बेला यो वार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत वार्ता स्थगित भएको जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडि भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’