३२ असार २०८३, बिहिबार

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हनोई, ३१ जेठ । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ । एजेन्सीका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ ।

छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन विस्तार जारी राखेको र अझै चार जना बेपत्ता रहेको जनाएका छन् ।

एजेन्सीका अनुसार बाढीले २१ हजार हेक्टरभन्दा बढी धानको खेत, हजारौँ हेक्टर तरकारी खेती डुबानमा परेको जनाइएको छ ।

बाढीले घरहरू पनि डुबानमा पारेको ट्राफिक अवरुद्ध भएता पनि नदीको सतह बिस्तारै घट्दै गएको जनाइएको छ ।