३० आश्विन २०८३, शुक्रबार

इजरायलमाथि इरानले गर्‍यो १५० वटा क्षेप्यास्त्र प्रहार : एक जनाको मृत्यु, ६३ घाइते

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । इजरायलले लगातार दोस्रो दिन इरानमा हवाई आक्रमण गरेको छ । इजरायली लडाकु विमानहरूले शुक्रबार राति फेरि इरानको आणविक स्थलहरूलाई निशाना बनाएका हुन् । इजरायली आक्रमणमा हालसम्म ७८ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।

जवाफमा इरानले इजरायलतर्फ १५० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी मध्ये ६ वटा क्षेप्यास्त्र इजरायली शहर तेल अभिभमा खसेको र एक जना महिलाको मृत्यु भएको छ । साथै, ६३ जना घाइते भएका छन् ।

इरानी मिडियाहरूले इजरायली रक्षा मन्त्रालयलाई पनि लक्षित गरिएको दाबी गरेका छन् । इरानबाट आक्रमणको डरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सुरक्षित स्थानमा सारिएको पनि दाबी गरिएको छ ।

एक दिन अघि इजरायलले शुक्रबार बिहान ५ः३० बजे इरानी आणविक र धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको थियो । यसमा ६ आणविक वैज्ञानिक र २० भन्दा बढी सैन्य कमाण्डरहरू मारिएका थिए ।