१२ कार्तिक २०८३, बिहिबार

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बागलुङ, ३० जेठ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले बताएको हो । त्यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।