२६ जेष्ठ २०८३, मंगलबार

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, ३० जेठ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेमा महिलाले एकैपटक तीन वटा बच्चा जन्माएकी छिन् ।

मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले आज ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिएकी हुन् । बिहीबार प्रश्रव व्यथा लागेर अस्पताल भर्ना भएकी तामाङले आज बिहान १०ः४० देखि १०ः४२ सम्ममा तीन स्वस्थ शिशुलाई जन्मदिएकी अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । उनका अनुसार डा रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराकी छोरीलाई जन्म गराएका हुन् ।

तीनमध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रोको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ । उनको ३६ हप्तामा शल्यक्रियामार्फत शिशु निकालिएको अस्पतालका निर्देशक डा. खरेलले बताएका छन् । उनका अनुसार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि उनका एक सात वर्षीय छोरा छन् । ओखलढुङ्गामा सम्भवतः एकै पटक तीन वटा शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।