२२ जेष्ठ २०८३, शुक्रबार

रास्वपाको कार्यालयमा नक्कली पीडित खडा गरी उजुरी लेखिएको गृहमन्त्रीको दावी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । गृहमन्त्री रमेश लेखकले आफूविरूद्व नक्कली पीडित खडा गरी उजुरी लेख्ने काम भइरहेको बताएका छन् ।

आज संसद बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी उजुरी लेखिइरहेको आफूलाई जानकारी भएको बताएका हुन् ।

उनले पार्टी कार्यालयमा बोलाएर कीर्ते काम गरेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने काम भएको भन्दै कीर्ते उजुरी तयार गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिए ।

यस्तै उनले आफूविरूद्व कुनै प्रमाण नरहेको र प्रमाण भए मात्रै कुर्सीमा बस्न अयोग्य हुने जिकिर गरेका छन् ।

उनले भने, ‘ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ । तर, अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ।’