१२ कार्तिक २०८३, बिहिबार

मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भयो : गृहमन्त्री

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकका बोल्दै उनले आफ्नो जीवन सार्वजनिक रहेको भन्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । उनले आफूविरूद्व नियोजित आक्रमण भएको दावी पनि गरे ।

आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे ।

‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन । मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने । रास्वपा र राप्रपाको नारावाजीकाबीच उनले संसदलाई सम्बोधन गरेका हुन् ।