
काठमाडौं, ३० जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेका छन् ।
माओवादी केन्द्र। नेकपा एस सत्तापक्षसँग सहमत भएपनि रास्वपा र राप्रपाले माग यथावत राख्दै संसद अवरोध जारी राखेका हुन् ।
बैठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपनि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरिरहेका छन्।








प्रतिक्रिया