
काठमाडौं, ३० जेठ । तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका दुर्गा प्रसाईँसहित सातजना डिल्लीबजार कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले हिजो प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
धरौटीमा रिहा गर्न आदेश भएका ६ जनासहित १३ जनालाई पनि प्रसाईँहरूसँगै थुनामा पठाइएको छ । कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।
अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ।








प्रतिक्रिया