१२ असार २०८३, शुक्रबार

रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३० जेठ । पर्साको वीरगन्जमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

बिग्रिएर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिर्सियाबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोकिँदा पर्साकै छिपहरमाई गाउँपालिका निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षकै विजय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार थप एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव रहेका छन् ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्।