११ असार २०८३, बिहिबार

नेपाल र वेस्ट इन्डिजबीच टी-२० आई सिरिज हुने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल र वेस्ट इन्डिजबीच टी-२० आई सिरिज हुने भएको छ ।

नेपाल क्रीकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसंग ३ खेलको टी–२०आई सिरिज हुने घोषणा गरेको हो ।

सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसंग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।