
काठमाडौं, २९ जेठ । आज भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सबैको मृत्यु भएको भनिएकोमा एकजना जीवितै फेला परेका छन् ।
जीवित फेला परेका यात्रीको नाम रमेश विश्वास कुमार भएको बताइएको छ । उनी आफैँले बताए अनुसार उनी जहाजको ११ए नम्बरको सिटमा थिए । अहिले उनको उपचार भइरहेको छ ।
सार्वजनिक भिडिओमा उनी जलिरहेको जहाजबाट आफैँ निस्किएर हिँडिरहेका छन् । साथै उनले पूर्ण होसहवास्मा घटनाबारे बताइरहेका देख्न सकिन्छ । आफू जीवित छु भन्ने आफैँलाई विश्वास नलागेको उनी बताउँछन् ।
दुर्घटनापछि ठूलो विस्फोट भएको र चारैतिर आगो लागेको उनले बताए । दुर्घटनामा अन्य सबै चालक दलका सदस्य, यात्रु गरेर २४१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया