२६ जेष्ठ २०८३, मंगलबार

जसपाका सांसद सरोज सिंह कुशवाहा पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी मधेश प्रदेशका सांसद एवम् पूर्वमन्त्री सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोले आज उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । अख्तियारले यसअघि जेठ १२ गते उनको घरमा छापा मारेको थियो। त्यतिबेला उनका ६५ वर्षीय स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए।

सांसद कुशवाहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर समितिको खातामा दाखिल भएको रकम अनियमितता गरेर भ्रष्टाचार गरेको आरोप छ ।