७ असार २०८३, आइतबार

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत वृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।