
काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटना हुनुअघि पाइलटले मेडे कल गरेका खुलेको छ ।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार पाइलट, क्याप्टेन सुमित सभरवालले विमान सम्पर्क विच्छेद हुनुभन्दा केही समय अघि एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ कल गरेका थिए।
मेडे कल भन्नाले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संकट संकेत हो । जसलाई आपतकालीन अवस्थालाई संकेत गर्न प्रयोग गरिन्छ। जसको अर्थ ‘मलाई मद्दत गर्नुहोस्’ हो।
यो पहिलो पटक १९२० को दशकमा प्रयोग गरिएको थियो र अहिले विश्वव्यापी रूपमा प्रोटोकलकै रूपमा प्रयोग हुन्छ । मेडे कल गर्दा लगातार तीन पटक मेडे, मेडे, मेडे भनिन्छ ।
मेडे कल जहाजका क्याप्टेनले गम्भीर आपतकालीन अवस्थाको सामना गर्दा जारी गर्छन्।








प्रतिक्रिया