१६ असार २०८३, मंगलबार

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै आज बिहीबारदेखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनिहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ ।

निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।