
कैलाली, २८ जेठ । नेपाल कम्युनिष्ट (एमाले) का सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक एकता हुन जरूरी रहेको बताएका छन् ।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने बताएका हुन् ।
पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले त्यस्तो अवस्थामा जनवर्गीय सङ्गठन सक्रिय भएर अग्रपङ्क्तिमा उभिनुपर्नेमा जोड दिए ।
उनले भने, “पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपङ्क्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ ।”
उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।








प्रतिक्रिया