
काठमाडौं, २८ जेठ । चांगान अटोमोबाइलअन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दीपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी बिक्री भएको थियो ।
गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल दिपल ब्रान्डअन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल बिक्री वितरण भइरहेको छ । यसमध्यै दिपल ए०९ औपचारिक रुपमा गएको मे२२ मा सार्वजनिक भएको छ ।
६ सिट भएको ठूलो आकारको एसयुभी दीपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ । साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिंग असिस्टेन्ट सिस्टम रहेको छ ।
दीपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंग फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दीपलले आउँदो वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।
गत मेमा आयोजना भएको दीपल ब्रान्ड नाइटमा सिईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ । यो योजनाअन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।















प्रतिक्रिया