२८ असार २०८३, आइतबार

राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।

श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनकालागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए ।

उनले भने,‘आज जेष्ठ पूर्णिमाको दिनचाँही मणिकेशव नारायणको वार्षिक स्थापना गरेको दिनहो । वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ। श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिर अगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरेको छ ।’

उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ ।