
काठमाडौं, २८ जेठ । विश्वकै चर्चित टिकटक स्टार खाबी लामेलाई अमेरिकाबाट देश निकाला गरिएको भन्दै समाचारहरू सार्वजनिक भएका छन् । यो खबरले सामाजिक सञ्जाल तताएको हो ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई धमाधम देश निकाला गरिरहेका बेला उनलाई पनि निकालिएको भन्दै समाचार प्रकाशित भएका थिए । तर, यथार्थमा उनलाई अमेरिकाबाट निकालिएको होइन ।
उनलाई औपचारिक रूपमा न त गिरफ्तार गरिएको हो, न देश निकाला गरिएको हो । उनलाई जुन ६ तारिखमा लास भेगासको ह्यारी रेड अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन र भन्सार प्रवर्तनकर्ताले भिसा म्याद नाघेको कारण केही समयका लागि नियन्त्रणमा लिएका थिए ।
उनी अप्रिल ३० मा अमेरिका प्रवेश गरेका थिए जसमा उनको अमेरिकामा रहने अनुमति सकिएकाले मात्रै सोधपुछका लागि केही समय नियन्त्रणमा लिइएको हो ।
उनलाई सोही दिन स्वेच्छाले अमेरिका छोड्ने अनुमति दिइयो । र उनले स्वेच्छिक रूपमा अमेरिका छाडेका हुन् । जुन प्रक्रिया डिर्पोटेसन नभइ स्वेच्छिक प्रस्थानमा पर्छ ।








प्रतिक्रिया