
काठमाडौं, २६ जेठ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस–नेसनल कार्ड स्विच तथा नेपालपे कार्ड ‘नेपालपे कार्ड’को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ ।
सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस सम्झौता सँगै बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपालपे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकिकृत गर्न सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया