५ असार २०८३, शुक्रबार

‘सेकेण्ड मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल’ को ग्राण्ड फिनाले सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा ‘सेकेण्ड मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल’ को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वसभामुख ओनसरी घर्ती मगरले उपस्थित भएकी थिइन् । यस्तै, प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा कलाकार किरण केसी रहेका थिए । प्रतियोगितामा मिस्टर जुनियर उपाधी प्रभाव राईले जित्दा, मिस जुनियरको उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।

स्पर्धामा सहभागी प्रतियोगीहरूले विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मुल्याङ्कन गरिएको थियो । आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले कार्यक्रमको सफल आयोजना गर्दै नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाएको छ।

यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।