९ असार २०८३, मंगलबार

घोराही कारागारमा बायोग्यास उत्पादन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ जेठ । दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरल १२ लाख रुपैयाँको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए । उनले भने, “दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ । ५० घनमिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ ।”

विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरुलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ ।

“फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ । आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ”, उनले भने, “यसले गर्दा एलपी ग्यासको बचत र दिसाजज्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ ।”

हाल घोराही कारागारमा ४२७ जना कैदीबन्दी रहेका छन् ।