३१ जेष्ठ २०८३, आइतबार

खेल क्षेत्रलाई राज्यले अझ बढी महत्व दिनुपर्छ : प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् ।

प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाएको छ । क्षेत्रलाई अझ बढी महत्व दिनुपर्ने छ ।’ साथै, उनले राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुनेगरी संवेदनशील हुन जरुरी रहेको बताए ।