२ असार २०८३, मंगलबार

भारतमा कारोना संक्रमितको संख्या ६ हजार नजिक, मृत्यु हुनेको संख्या ५९ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । कारोना संक्रमण देशका सबै राज्यहरूमा फैलिएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहान देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितहरूको संख्या ५ हजार ७५५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५९ पुगेको छ।

आज बिहान ८ बजेसम्म देशमा कोरोनाका ३९१ नयाँ सक्रिय केसहरू रिपोर्ट गरिएका छन् र ७६० बिरामीहरू निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार केरलामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । नौ राज्यहरूमा सक्रिय कोरोना संक्रमितहरूको संख्या तीव्र वृद्धि भएको छ । यी मध्ये केरला, दिल्ली, गुजरात, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगालमा संक्रमितहरूमा उल्लेखनीय वृद्धि देखिएको हो ।

पछिल्लो २४ घण्टामा केरला, मध्य प्रदेश, महाराष्ट्र र तमिलनाडुमा कोरोना संक्रमणका कारण एकएक जना संक्रमितको मृत्यु भएको छ ।