
काठमाडौं, २३ जेठ । सानिमा बैंकका ग्राहकहरुले ललितपुरको कुपण्डोलस्थित सफायर एस्थेटिक्स प्रालिमा विशेष छुट पाउने भएका छन् ।
सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया