५ असार २०८३, शुक्रबार

नेपालमा छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा दिइरहेको पुष्टि गरेको छ।

नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र नभई छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको छ।

हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत छन्। जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण भएको वितरकले जनाएको छ। इलेक्ट्रिक भेहिकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यू वृद्धिले एक स्थायी ग्राहक वर्ग निर्माण गरेको छ र नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्‍याएको छ।

ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराइएको छ। देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन्। सेरेस गाडीहरू अहिले देशभर फैलिएको १२२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्त रूपमा समर्थित छन् जसले इभी गाडीधनीहरूलाई सहज र सजिलो पावर एक्सेस प्रदान गरिरहेको छ।

सेरेस ग्राहकसँगको आफ्नो साथ केबल खरिदको समयसम्म सीमित नरहने वाचा गर्दछ। नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधा र यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नेछ र नेपाललाई दिगो यातायाततर्फ डोर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेलिरहनेछ।