३२ असार २०८३, बिहिबार

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीको के२के यात्रा सुरु हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ ।

‘के२के ड्राइभ’ नाम दिइएको यो अभियान आज जेठ २३ गते (जुन ५, २०२५)देखि सुरु हुनेछ । यसले विद्युतीय गाडीमा लामो दुरीको यात्रालाई प्रोत्साहन गर्नेमा कम्पनीको विश्‍वास छ ।

कम्पनीका अनुसार यस यात्रामा चर्चित अटो उत्साहीहरू अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी हुँदैछन् । जसले करिब ३०००ं किलोमिटर दूरी तय गर्दै काठमाडौंदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको बाटो विद्युतीय रूपमा पार गर्नेछन् ।

कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए ।

‘मेरो दक्षिण भारतको यात्रा नयाँ भने होइन । तर इलेक्ट्रिक कारले यात्रा गर्दा कस्तो अनुभव हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही चुनौतीपूर्ण बनाउन सक्छ,’ उनले भने, ‘हामी यसका लागि धेरै उत्साहित छौँ । कर्भ ईभीले हाम्रो यात्रालाई अझ बढी रोमाञ्चक बनाउने छ ।’

कर्भ ईभीको १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा कुनै ठूलो समस्या आउने देखिँदैन ।

नेपालमा हालै लन्च भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी–कुपे हो । यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन् ।

विश्व वातावारण दिवसको अवसरमा बिहीबार सिप्रदीले कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कासजूलाई थापाथलिमा रहेको टाटा कार शोरुमबाट ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको हो ।