२३ जेष्ठ २०८३, शनिबार

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ ।

उनलाई कारागार सरूवा गरेर काठमाडौं ल्याउन लागिएको हो । लामिछानेले आफूलाई काठमाडौं सरूवा गरिदिन जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।

अदालतले उनको निवेदन स्वीकार गर्दै सरूवाको प्रक्रिया मिलाइदिन कारागार प्रशासनलाई लेखि पठाएपछि उनलाई काठमाडौं ल्याउने तयारी भएको हो ।

उनलाई काठमाडौंमा डिल्लीबजार कारागारमा राखिनेछ ।