
काठमाडौं, २० जेठ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आजका लागि तय भएको बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि राजीनामा माग गर्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
आज पनि विपक्षीलाई सहमतिमा ल्याउने प्रयास स्वरूप दुई पटक बैठक सारिएको थियो । तर विपक्षी राजीनामाको मागबाट टसमस नभएपछि बैठक बस्दै नबसी स्थगित गरिएको हो ।








प्रतिक्रिया