२८ असार २०८३, आइतबार

प्रथम यू–१६ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिममाथि कोशीको पहिलो जित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ जेठ । नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्वतारिणी विक्रम(टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उदघाटन खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जित निकाल्दै रेकर्ड बनाएको हो ।

टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।

सुदूरका लागि २२ बलको सामना गरेकाअविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।

कोशीकालागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडनमेन्टेन गरे ।

बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए । १सय २ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।

२६ बल खेलेका शिवांशले ६ चौका प्रहार गर्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।