८ असार २०८३, सोमबार

आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्याण्ड भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज (सोमबार) स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ ।

नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो । तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ । यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, चुनौती भने सहज छैन । सिरिज अघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन ।

एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन मिश्रित तर सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।

सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ ।