२१ जेष्ठ २०८३, बिहिबार

यामाहा नेपालले ल्यायो एमटी–१५ भर्सन २ किन्ने ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । यामाहा नेपालले एमटी–१५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ । नयाँ एमटी–१५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहार स्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन् । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्ने बताइएको छ । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।

यो अफर विशेष रूपमा एमटी–१५ भी२ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ । यसबारे बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, “एमटी–१५ भी२ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ । यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौँ । यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ ।”

एमएडब्ल्यू राइड्सअन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो । जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ ।