९ असार २०८३, मंगलबार

काठमाडौंमा तीन ठाउँमा बाहेक अन्यत्र प्रदर्शन गर्न बन्देज

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । काठमाडौंका तीन ठाउँमा बाहेक अन्य स्थानमा प्रदर्शन गर्न नपाइने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन ठाउँ बाहेक अन्य स्थानलाई निषेधित क्षेत्र तोकेको हो । प्रशासनका अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने भएको हो ।

यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

‘मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।

पछिल्लो समय राजावादी आन्दोलन रत्नपार्क, नारायणहीटी बालुवाटार केन्द्रीत भएपछि सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै प्रशासनले तीन ठाउँ बाहेकका स्थानमा निषेधाज्ञा लगाएको हो ।