
काठमाडौं, १८ जेठ । आईपीएलको दोस्रो क्वालिफायरको खेल आज मुम्बई इण्डियन्स र पञ्जाब किंग्सबीच हुँदैछ । नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।
मुम्बई इलिमिनेटरमा गुजरात टाइटन्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो भने पञ्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यस खेलको विजयी टिमले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्नेछ । पराजित हुने टिमको यस सिजनको आईपीएल समाप्त हुनेछ ।
आईपीएलको फाइनल खेल ३ जुनमा हुनेछ ।








प्रतिक्रिया