२२ असार २०८३, सोमबार

पीएसजीले जित्यो पहिलोपटक च्याम्पियन्स लिगको उपाधि

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । फ्रेन्च क्लब पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोल अन्तरले परजित गर्दै पीएसजीले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पीएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एकएक गोल गरेका थिए ।

पीएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो ।