१० श्रावण २०८३, आइतबार

प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो अधिवेशन जुलाईमा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो अधिवेशन आगामी २५ जुलाईमा हुने भएको छ ।

कमिटीको हालै बसेको बैठकले इजरायलको तेल अभिवमा तेस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको मिति तय भएसँगै तयारी तीव्र पारिएको संगठनका उपाध्यक्ष शिवराज खड्काले जानकारी दिए ।

उपाध्यक्ष खड्काले ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको तेस्रो अधिवेशनमा उपस्थित भई आफ्नो अमूल्य साथ र सहयोग प्रदान गरी कार्यक्रमलाई भव्य र सफल पार्न इजरायलमा रहेका नेपालीहरुमा अनुरोध गरेका छन् ।

(नोट : यसअघि २५ जुलाई हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ –सम्पादक)