२६ जेष्ठ २०८३, मंगलबार

आन्दोलन जारी राख्ने राप्रपाको निर्णय

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरु अझै मजबुत तरिकाले अगाडि बढाउने गरी बैठकमा छलफल भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’ साथै, उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राप्रपा लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको उनले बताए । उनले निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुराको प्रमाणित गरेको समेत बताए ।

उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ ।’