१६ असार २०८३, मंगलबार

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । मुम्बई इण्डियन्स आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराति सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपीएलको दोस्रो क्वालिफायरमा पुगेको हो ।

मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सूर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

यो जितपछि मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा मुम्बईले पञ्जाव किंग्सको सामना गर्नेछ । यो खेल आइतबार हुनेछ ।

त्यस्तै, हारसँगै गुजरात टाइटन्सको यस सिजनको आईपीएल यात्रा समाप्त भएको छ ।