
काठमाडौं, १६ जेठ । नेपाली महिला फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा शुक्रबार घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।
क्लोज डोरमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने गोल खाएको हो।
नेपाल र थाइल्यान्डबीच सोमबार अर्को मैत्रीपूर्ण खेल हुने तय छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ। नेपालले एएफसी महिला एसियन कप छनोट २०२६को तयारीस्वरूप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।









प्रतिक्रिया