
काठमाडौं, १६ जेठ । गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’को शुभ मुहूर्त भएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजाअर्चना गर्दै मुहूर्त गरिएको हो ।
मुहूर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।
मुहूर्त कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नु भएको छ ।’

दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताइन् । उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताइन् ।
‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने फिल्म वाहु भन्ने बन्छ । फिल्म वाहु भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ । र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ । त्यसका लागि सबैले मेहनत गर्नुपर्छ, हामीले मात्र होइन । यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ । त्यसैले खेल्न राजी भए ।’ उनले भनिन् ।

यस फिल्ममा किरण, दीपा बाहेक अन्यमा प्रियंका कार्की, निदेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलाको अभिनय रहनेछ ।
निर्देशक गौतमले यो फिल्मको छायांकन यही जेठ २८–२९ गतेबाट थाल्ने योजना रहेको बताए । दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाई छ ।
बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा द्धन्द्ध रोशन श्रेष्ठ, संगीत दीपक शर्मा र विकास चौधरीको छ भने गायन डाक्टर खेम क्षेत्री, रचना रिमाल, डाक्टर महेन्द्र भट्टको छ । गीत आनन्द अधिकारीको छ ।
मेकअप सरोज पाण्डे, केश विन्यास, प्रिया कार्कीको रहने यस फिल्ममा प्रोजेक्ट म्यानेजर सुवास काफ्लेको छ । यसका मुखय सहायक निर्देशकको जिम्मा चन्द्र भण्डारीले लिएका छन् ।









प्रतिक्रिया