
कठमाडौं, १६ जेठ । इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ ।
अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका राजदूतले विमानस्थलमा आक्रमणले यमनी नागरिकहरूको आवश्यक उद्देश्यकालागि यात्रा गर्ने क्षमतामा गम्भीर असर पार्ने कुरामा जोड दिए ।
संयम अपनाउन र नागरिक र नागरिक पूर्वाधारको सुरक्षा गर्न अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न’ राजदूतले आह्वान गरे ।
हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’ को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण भएको जनाएको छ । साना विमानस्थलका निर्देशक खालिदअल शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम सञ्चालनमा रहेको विमान भएको बताएका छन् ।
हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो । इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताए ।
राजधानी सानासहित उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी समूहले नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरू विरुद्ध आक्रमण गरिरहेको छ ।
यता, इजरायलले यमनी विरुद्ध धेरै ठूला हवाई आक्रमणहरूको जवाफ दिएको छ । लगभग दुई हप्ता अघि, इजरायली सेनाले साना अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको थियो ।








प्रतिक्रिया